Monday, February 17, 2025
साहित्यसङ्खुवासभाको खाँदबारीमा देवकोटाको जन्मजयन्ती मनायो

सङ्खुवासभाको खाँदबारीमा देवकोटाको जन्मजयन्ती मनायो

संखुवासभा / मकालु साहित्यिक समाजको आयोजनामा खाँदबारीको देवकोटा चोकमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मनाइएकाे छ ।

कार्यक्रममा जिसस प्रमुख, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, न्यू भैरवी दलका मेजर , जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठ लगायत दुई दर्जन बढी कविकाे सहभागीता रहेको थियाे ।

स्थानीय तीनवटा टोल, देवकोटा जागरुक आमा समूहले स्फूर्त रुपमा कार्यक्रम ब्यवस्थापनमा सहयोग गरेकाे थियो भने वडा नं १ ले पनि सहयोग गर्ने बचन दिएको थियो । कार्यक्रममा महिला समूहको साहित्य समाजले सम्मान समेत गरेकाे थियाे ।

खाँदबारी डाँडामा ३० औं बर्षबाट निरन्तर सारङ्गी रेटेर जीवनको कहानी सुनाउँदै आउनु भएकाे बमबहादुर गन्धर्वलाई कार्यक्रमका अध्यक्ष ताराबहादुर बुढाथोकीले टोपी र माला लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरुबिच ‘महाकवि देवकोटा’विषयक बाल कविता प्रतियोगिता पनि आयोजना भएको थियो। कविता मार्फत बाल कविहरुले महाकविलाई अनेक आयाममा सम्झिएका थिए।

यस किसिमको प्रतियोगिताले खोज अनुसनधान र सिर्जना शक्तिको बिकास हुने आयोजक अध्यक्ष बुढाथोकीले बताउनु भयाे । प्रतियोगितामा हिमाविका सौजन कट्टेल प्रथम , महेन्द्र मावि मानेभन्ज्याङका उमा वानियाँ र लक्ष्मी वानियाले द्वितीय र तृतीय स्थान हासिल गर्नुभयाे । विजेतालाई  क्रमश:२०००/-१५००/-१०००/-र ५००/- नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे। प्रतियोगिताले प्रतिभा प्रस्फुटनको लागि अवसर मिल्ने कुरा अतिथि बक्ताले बताएका थिए ।

प्रजिअ लगायतका अतिथिहरुले शुभकामना ब्यक्त गरेको उक्त समारोहमा फन्केरोटी र हिमाविका विद्यार्थीको देउसी भैलो र मारुनी नृत्यले अतिथिलाई स्वागत गर्दै गर्दा कार्यक्रममा तिहारको राैनक भित्रिएको अनुभूति भएकाे सहभागीले बताएका थिए । साहित्यकार ताराबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम बीसौ बर्षदेखि मकालु साहित्यिक समाजले निरन्तर गर्दै आएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img