समाजआबाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८९ औं जन्म जयन्ती मनायो

आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८९ औं जन्म जयन्ती मनायो

भोजपुर / आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८९ औं जन्म जयन्ती भव्यताका साथ सम्पन्न भएको छ ।

विविध साँस्कृतिक कार्यक्रम साथै झाँकी सहित विवाह पञ्चमी पौष १ गते आईतबारको दिन जन्म जयन्ती भव्यताका साथ सम्पन्न भएको हो । षडानन्द माध्यमिक विद्यालयको आयोजना तथा षडानन्द सीताराम गुठीको प्रयोजनमा जन्म जयन्ती सम्पन्न भएको हो ।

कार्यक्रम षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता तथा षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदास प्रमुखको आतिथ्य रहेको थियो । कार्यक्रममा ८ वटा विद्यालयहरुबाट विद्यार्थीको उपस्थिति रहेको थियो ।

षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले आफ्नो भनाई राख्दै भने “गुरु षडानन्द अधिकारी ज्यूले देखाउनु भएको बाटाहरु धेरै महत्वपुर्ण रहेको छ त्यस मध्ये शिक्षालाई सबै भन्दा बढी प्राथमिकता दिएको पाईन्छ त्यसैले शिक्षा क्षेत्रमा हामीले विद्यार्थी, शिक्षक साथै विद्यालय परिवारसंग छलफल गरेर शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ योजना निर्माण गर्दै छौं” । अझ थप्दै “गुरुलाई राष्ट्रि विभुति घोषणा गर भनेर नारा लगाएको बर्षाैं भयो तर अहिलेसम्म परिणाम आएन अब हामी जहाँ जहाँ छौं आफ्नो ठाउँबाट सबै लागौं परिणाम सकरात्मक आउँछ”

षडानन्द अधिकारीको जन्म जयन्ती हतारमा परम्परागत ढंगबाट मात्रै भयो अब गुरु माहाराजले जसरीनै नयाँ ढंगबाट कार्यक्रम तय गर्नुपर्ने नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताए । गुरुको सम्झनामा केहि प्रतियोगिता अथवा साहित्यीक कार्यक्रमको सुरु गर्नुपर्ने र कार्यक्रमलाई नगरपालिकाले पुर्ण रुपमा सहयोग गर्ने समेत नगर प्रमुख उदासले बताए ।

सो अवसरमा धनमाया स्फुटकाव्य विमोचन भएको छ । जयन्ती कार्यक्रममा सार्दुल विक्रिडीत छन्दमा हेमराज गुरागाँईद्धारा लिखित धनमाया स्फुटकाव्य षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले विमोचन गरेका हुन् ।

कार्यक्रममा वोधन दर्जी र धनमाया दमिनीको सन्ततीहरुद्धारा निर्मित धनमाया प्रतिठानद्धारा प्रकाशित हेमराज गुरागाँई (भावुक) को धनमाया स्फुटकाव्यको विमोचन भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img