साहित्यम र मेरो दाह्री

म र मेरो दाह्री

  • युवराज घिमिरे

खिसी गर्थे साथीभाई मेरो फेस देखि
जब देखि देखा पर्यो जु“गामा त्यो रेखी ।

उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो,
जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो ।

कपालमा सबै भन्दा कान्छो रैछ दाह्री,
हिड्न मन लाग्थ्यो सधैं सफाचट पारी ।

अझै त“ त सानै छस् नि मेरो डल्ले काले,
दाह्री फाल्छु भन्दा सधै भन्ने गर्थे बा ले ।

झन् झन् बढ्दै जाने कस्तो दाह्रीको यो बोट,
साथी भाईले घरी घरी जिस्क्याउ“दाको चोट ।

जसो होला खौरिने नै निधो गरें मैले,
ब्लेड मेसिन ऐना पो त चाहिंदो रैछ पैले ।

लुकिछिपी बा को मेसिन आफूंतिर सारें,
डराई डराई झुसे दाह्री सफाचट पारें ।

जती फाल्दै गयो त्यती बाक्लो आउ“दो रैछ,
हु“दा हु“दा गालाको यो छाला खस्रो भएछ ।

बिफोर सेभ आफ्टर सेभ लगाउ भन्थे साथी,
उति बेला ति थे मेरा गच्छे भन्दा माथि ।

सधैं दाह्री फाल्न अब झण्झट लाग्न थाल्यो,
अनेक गर्नु भन्दा बेस बरु दाह्री पाल्यो ।

मै जस्तो नै भए क्यारे अरु पनि यहा“,
दाह्रीवाला मात्रै देख्छु जान्छु म त जहा“ ।

कोहि भन्छन् कति पाल्छौ झुसे तिम्रो दाह्री,
मेरो दाह्री अरुलाई किन लाग्नु भारी ।

कैले फाल्ने कैले पाल्ने क्रम चल्दै गयो,
हेर्दा हेर्दै फुच्चे केटो अर्धबैसे भयो ।

पहिला केश फूल्यो पछि फूल्यो दाह्री पनि,
आफ्ना सबै हेय गर्छन् बुढो भैछस् भनि ।

कपाल सेतै फूले पनि कालो दलेकै छ,
दाह्री सेतै फूले पनि मन त मलिलै छ ।

कसलाई पो रहर हुन्छ छिट्टै बुढो हुन,
मन सधै खोजि राख्छ चन्द्रमा त्यो छुन ।

उमेर पच्पन भए पनि मन् बच्पन झैं लाग्छ,
मलाई बुढो बनाउने यो दाह्री कस्ले राख्छ रु

ऐना हेरी हेरी आफै दाह्री चट पारें,
छिन भर्‌मै दश बर्ष उमेर तल झारें ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img