- युवराज घिमिरे
खिसी गर्थे साथीभाई मेरो फेस देखि
जब देखि देखा पर्यो जु“गामा त्यो रेखी ।
उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो,
जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो ।
कपालमा सबै भन्दा कान्छो रैछ दाह्री,
हिड्न मन लाग्थ्यो सधैं सफाचट पारी ।
अझै त“ त सानै छस् नि मेरो डल्ले काले,
दाह्री फाल्छु भन्दा सधै भन्ने गर्थे बा ले ।
झन् झन् बढ्दै जाने कस्तो दाह्रीको यो बोट,
साथी भाईले घरी घरी जिस्क्याउ“दाको चोट ।
जसो होला खौरिने नै निधो गरें मैले,
ब्लेड मेसिन ऐना पो त चाहिंदो रैछ पैले ।
लुकिछिपी बा को मेसिन आफूंतिर सारें,
डराई डराई झुसे दाह्री सफाचट पारें ।
जती फाल्दै गयो त्यती बाक्लो आउ“दो रैछ,
हु“दा हु“दा गालाको यो छाला खस्रो भएछ ।
बिफोर सेभ आफ्टर सेभ लगाउ भन्थे साथी,
उति बेला ति थे मेरा गच्छे भन्दा माथि ।
सधैं दाह्री फाल्न अब झण्झट लाग्न थाल्यो,
अनेक गर्नु भन्दा बेस बरु दाह्री पाल्यो ।
मै जस्तो नै भए क्यारे अरु पनि यहा“,
दाह्रीवाला मात्रै देख्छु जान्छु म त जहा“ ।
कोहि भन्छन् कति पाल्छौ झुसे तिम्रो दाह्री,
मेरो दाह्री अरुलाई किन लाग्नु भारी ।
कैले फाल्ने कैले पाल्ने क्रम चल्दै गयो,
हेर्दा हेर्दै फुच्चे केटो अर्धबैसे भयो ।
पहिला केश फूल्यो पछि फूल्यो दाह्री पनि,
आफ्ना सबै हेय गर्छन् बुढो भैछस् भनि ।
कपाल सेतै फूले पनि कालो दलेकै छ,
दाह्री सेतै फूले पनि मन त मलिलै छ ।
कसलाई पो रहर हुन्छ छिट्टै बुढो हुन,
मन सधै खोजि राख्छ चन्द्रमा त्यो छुन ।
उमेर पच्पन भए पनि मन् बच्पन झैं लाग्छ,
मलाई बुढो बनाउने यो दाह्री कस्ले राख्छ रु
ऐना हेरी हेरी आफै दाह्री चट पारें,
छिन भर्मै दश बर्ष उमेर तल झारें ।



