Saturday, May 24, 2025
साहित्यमेरो जिज्ञासा - देवीप्रसाद मिश्र
spot_img

मेरो जिज्ञासा – देवीप्रसाद मिश्र

spot_img

शीर्षक = मेरो जिज्ञासा !
छन्द = शार्दूलविक्रीडित!!
नेता छाैँ अथवा समस्त जनता याे देशका खातिर
गर्छौँ चिन्तन सभ्य सुन्दर बनाेस् नेपाल हाम्रो घर
गल्ती याे पहिले भएछ अहिले थाहा भयो आखिर
गार्‍हो थाम्न भयो ,प्रदेश तह याे जागून् प्रणाली अब!!१!!

मन्त्री सभ्य प्रधान, हाेस् मुलुककाे प्रत्यक्ष निर्वाचित .
त्यस्तै याे छ समानुपातिक यहाँ जम्मै हटाऔँ पर
सांसद् मात्र विकासमा विनयले लागून् सदाका दिन
राम्रो राख्न सकून् विधेयकहरू ती नीतिका सज्जन !!२!!

हाम्रो याे पिछडा छ वर्ग ,सँगमा आफ्ना सबै कार्यमा
शिक्षा आर्थिक या समुन्नतिसँगै संमृद्धिकाे भावना
राखाेस् त्यो सरकारले अब यहाँ दायित्व आफ्नो मन
शिक्षाको जग दर्बिलाे हुनगए बन्छन् सबै सक्षम!!३!!

राम्रो हाेस् अझ केन्द्र सम्म दरिलो स्थानीयकाे मित्रता
गर्दा बेस छ याे प्रदेश तहको काेटा सबै रिक्तता
स्थायी हाेस् सरकार पूर्ण दरिलाे पार्टी जुनै हाेस् तर
हाम्रो त्यो मतदानकाे कदर हाेस् आओस् नया जाँगर!!४!!

धेरै खर्च बचेर हुन्छ गतिलो याे राष्ट्रकाे उन्नति
भ्रष्टाचार घटेर बल्छ सहजै उत्थानकाे आरती
उक्साई जनता विना सुजनका बाजा बजाई सब
नाच्ने आँगन मात्र बन्नु नपराेस् नेपाल हाम्रो घर!!५!!
देवीप्रसाद मिश्र- काठमाडौ

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img