Friday, June 13, 2025
देशआज नेपालले गुमायो एउटा अमुल्य हिरा, यो मृत्युले धेरैलाई बनायो स्तब्ध

आज नेपालले गुमायो एउटा अमुल्य हिरा, यो मृत्युले धेरैलाई बनायो स्तब्ध

spot_img

काठमाडौं

वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनि ताना शर्माका नामशबाट लोकप्रिय थिए ।

-Ads-

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।

तारानाथ शर्मा १९९१ असार ९ गते प्रजापति उपाध्याय र देवकीको जेठो छोराका रूपमा इलाम, बरबोटेमा जन्मेका हुन्। उनी जन्मेको ठाउँलाई त्यतिबेला सित्तलपाटी भनिन्थ्यो। घरछेउ ठूलो बरको रुख भएकाले पछि गाविसको नाम नै बरबोटे भयो। संयोग, उनको परिवार बसाइ सरेर गएको फिक्कलको ठाउँलाई पनि अहिले बरबोटे भनिन्छ।

बसाइ सर्दा त्यस ठाउँको नाम सुदुङ थियो। तारानाथलाई बोधनारायण घिमिरेले धुलेपाटीमा अक्षर चिनाएका हुन्। अक्षर चिनिसकेपछि रुद्री, “चण्डी” पढेँ, अलिअलि वेद पनि पढाए अनि संस्कृतको अमरकोश पनि घोकाए। साथै, ज्योतिषको गणना गर्ने किताब भाषोति पनि सिकाए। तारानाथ फिक्कलमा डेरा बसेर चन्द्र-मोहन मिडिल स्कुलमा एकैचोटि तीन कक्षादेखि अङ्ग्रेजी पढ्न थालेका हुन्।

पशुपतिनगरका राजबहादुर राईले अङ्ग्रेजी पढाउन काठमाडौँका चन्द्रभक्त कसजुलाई लगेका थिए। तारानाथले छ कक्षासम्म पहिलो हुँदै फिक्कलमा पढे। त्यसपछि दार्जिलिङको सेन्ट जोसेफमा एकै चोटि नौ कक्षामा भर्ना भए र जिल्ला प्रथम हुँदै १२ कक्षासम्म पढे अनि थप पढाइका लागि बनारस गए।
तारानाथको खास थर भण्डारी हो, तर बनारसमा पढ्न गएपछि नाममा शर्मा झु’न्ड्याए। अङ्ग्रेजीमा छोटकरी नाम लेख्ने चलन विपरीत नेपाली नाम तारानाथलाई छोट्याएर ताना बनाए।

बनारसबाट बि ए गरिसकेपछि घर फर्केका बेला बुवाले हेडमास्टर खाली छ, यतै बस, अब पढाउन सक्दिनँ भनेर रोक्न खोजे तर उनी अनेक बहाना बनाएर ७० रूपैयाँ मागेर काठमाडौँ छिरे। उनले काठमाडौँमा छात्रवृत्तिका लागि आवेदन दिए, पाए पनि र पटना हानिए। उनी बेलायतमा पनि गएर ‘दोस्रो भाषाका रूपमा अङ्ग्रेजी’ (इङ्लिस एज अ सेकेन्ड ल्याङ्वेज) पढे। उनले अमेरिकाको विस्कन्सिन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि गरे।

तारानाथ शर्मा पुस्तकको खुलेर आलोचना गर्ने समालोचकका रूपमा चिनिन्छन् । मवीवि शाहको आलोचना गर्दा जेल गएको र बालकृष्ण समको समालोचना गर्दा निकटता बढेको प्रसँग छन् उनीसँग। पञ्चायतकालमा मवीवि शाहको ‘उसैको लागि’ भन्ने कविता समालोचना गर्ने क्रममा हिन्दी गीतको नक्कल भनेर उल्लेख गर्दा उनी तीन महिना जेल बसेका थिए।

‘जेल परे पनि मलाई दुःख लागेन, भित्रै दुइटा पुस्तक लेखेँ,’ उनी भन्छन्। त्यतिबेला समालोचना छाप्ने ‘हिन्दु’ का सम्पादकलाई पनि सोधपुछ गरिएको थियो। स्कुलमा सँगै पढेका पासाङ गोपर्माले बिन्ती गरेपछि ‘मलाई प्राध्यापक थुनेको मन पर्दैन’ भनेर राजा महेन्द्रले तारानाथलाई छाड्न निर्देशन दिएका थिए।

‘चिसो चुल्हो’ लाई ‘झुसुले डकार’ भनेर समालोचना गर्दा उनले बालकृष्ण समबाट उल्टै प्रशंसा पाएका थिए। उनी समलाई सधैं श्रद्धा गर्छन् र समकै कृति समालोचना गरेर साझा पुरस्कार पाए।

उनि पाठ्यपुस्तक लेखक पनि थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार तथा लेखक डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

डा. शर्माको मंगलबार निधन भएको थियो । उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले डा. शर्माप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

्आधिकारिक फेसबुक पेजमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img