Thursday, March 20, 2025
समाजओलीले मन्त्री आलेबाट ५० लाख नपाएपछि…

ओलीले मन्त्री आलेबाट ५० लाख नपाएपछि…

काठमाडौं । अहिले भाइरल बनेको भिडियो छ, बहालवाला पर्यटन मन्त्री प्रेम आलेले बोलेको अ’पशब्द । अछाम घर भई भारतको मुम्बइमा रहेका जगत ओली नामका युवकसँग कुराकानीको क्रममा मन्त्री आले तथानाम गाली गर्छन् । त्यत्तिमात्र होइन ठाउँको ठाउँ त्यहीँबाटै उठाउनेसम्म मन्त्री आलेले ध’म्की दिन्छन् । सार्वजनिक भएको २ मिनेट २५ सेकेन्डको भिडियोमा मन्त्री आले युवकलाई गा’ली ग’लौज र ध’म्की दिएको सुनिन्छ ।

भिडियो हेर्दा स्वभाविक रुपमा मन्त्री आलेको ग’ल्ती देखिन्छ किनकि राज्यको उच्च ओहोदामा बसेर यसरी गाली गर्न सुहाउने कुरा होइन । जे घटना वा विषय हो त्यसमा संयमता अपनाएर प्रश्न गर्ने ठाउँमा उनी कुनै गु’ण्डा ना’इकेसरी उत्रिएका छन् ।

यो त भयो मन्त्री आलेको दुर्बल पाटो । अब लागौँ फेसबुकमा भिडियो अपलोड गरेर भाइरल भएका युवक जगत ओलीतिर । उनको सामाजिक सञ्जाल फेसबुक चहार्दा उनी विगतदेखि विभिन्न मन्त्री, नेताहरुविरूद्द आ’क्रमक रुपमा उत्रेर अनेकथरी लेख्ने गर्दै आएका छन् ।

युवकको फेसबुक राम्रोसँग चियाउँदा उनी नेकपा एमालेनिकट भन्ने प्रष्टै बुझिन्छ । एमालेलाई गाली गरेको पटक्कै सुन्न नसक्ने र विरोधमा उत्रिइहाल्ने उनको फेसबुक हेर्दा सजिलै थाहा पाइन्छ । यसरी उनको फेसबुके क्रियाकलाप हेर्दा नियतबश नै मन्त्री आलेलाई पनि खुइल्याउन उनले हर्कत गरेका हुन् भन्ने प्रष्टिन्छ । मन्त्री आले र युवकको उक्त भिडियोसँगै थप सामग्रीहरु पनि सार्वजनिक भएका छन् । युवकले मन्त्री आलेसँग एक वर्षसम्म ५० लाख कुरेको तर, रकम उपलब्ध नभएपछि समाचार अपलोड गर्न बाध्य भएको भनेका छन् ।

सार्वजनि भएको म्यासेजको स्क्रिनसट हेर्दा युवकले आफू जगत ओली भएको बताउँदै २४ घन्टाभित्र ५० लाख रकम माग आफ्नो बैंक खातामा पठाउन अल्टिमेटम दिएका छन् । तर, मन्त्री आलेबाट कुनै जवाफ नआएपछि ५० को सट्टा २० लाख नगद मागेका छन् ।

यी सबै हेर्दा, भारतमा बसेर मन्त्री आलेसँग ब्ल्याकमेलिङ गरेर नसकेपछि युवकले अन्तमा उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको देखिन्छ । मन्त्री आलेसँगै युवकको पनि असली रुपमा मिडियामा आएपछि युवकले मिडिया र मन्त्री आलेविरुद्ध मानहानीको मुद्धा लगाउने चुनौती दिएका छन् । उनले लेखेका छन्, ‘यस्लाइ प्रमाणित गर्न चुनौती दिन्छु यदि भएन भने प्रेम आलेलाई मानहानीको मुद्दा लगाउने छु प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु ।’

यस विषयमा जगत ओलीलाई सम्पर्क गर्दा उनले बाहिर सार्वजनिक भएका म्यासेजका स्क्रिन सटहरु आफ्नो नभएको दावी गरेका छन् । तर, मन्त्री आलेको सचिवालयले भने सार्वजनिक भएका म्यासेजका स्क्रिन सटहरु ओलीकै भएको दावी गरेको छ ।

 

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img