Friday, March 28, 2025
मनोरञ्जनअभिनेत्री रेखा थापाले दोश्रो बिवाह गरेपछि पूर्वपति छविराज ओझाले पुराना दिन सम्झंदै...

अभिनेत्री रेखा थापाले दोश्रो बिवाह गरेपछि पूर्वपति छविराज ओझाले पुराना दिन सम्झंदै दिए यस्तो प्रतिकृया

अभिनेत्री रेखा थापा बैबाहिक जीवनमा बाँधिएकी छन् । निर्माता छविराज ओझासँग डिभोर्स भएपछि एकल जीवन विताउँदै आएकी उनले जाजरकोट स्थायी घर भएका बलराम शाहीसँग विवाह गरेकी हुन् । प्राप्त जानकारी अनुसार, एक हप्ता अगाडि उनीहरुले कानुनी रुपमा विवाह गरेको हुन् । रेखाका श्रीमान् शाही लामो समयदेखि इजरायलमा बसोबास गर्ने गरेको जानकारी प्राप्त छ ।

रेशा र बलराम विगत एक वर्षदेखि गहिरो प्रेममा थिए । रेखाले एक अनलाइनसँगको कुराकानीमा आफूले कानुनी रुपमा विवाह गरेको पुष्टि गर्दै मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा विवाह गरेको जानकारी दिएकी छन् । रेखाले केही वर्षदेखि आफू विवाह गर्ने सोचमा रहेको बताउँदै २०७८ वा २०२९ भित्र विवाह गर्ने बताउँदै आएकी थिइन् । बलराम पर्यटन व्यवसायी हुन् ।

यसै क्रममा नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुसी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । छविल भने, ‘मैले भर्खर समाचार हेरेर उनको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’

छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए । हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’ विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे ।

फिल्म ‘हिरो’ बाट अभिनय करिअर सुरु गरेकी रेखाले त्यसपछि करीब डेढ दशक नेपाली फिल्ममा एकछत्र राज गरेकी थिइन् । उनको नाम मात्रैले पनि फिल्म सुपरहिट हुन्थे । कुनै बेला उनको टक्कर हिरोइनसँग नभइ हिरोसँग हुने गरेको थियो । अभिनेत्रीसँगै गायिका, निर्देशक, निर्मात्री, राजनीतिज्ञको रुपमा समेत आफूलाई चिनाएकी रेखा चाँडै नयाँ फिल्म निर्माणको तयारीमा छिन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img