काठमाडौं : एक पटक असफल भइसकेको आइतबार बिदा सरकारले फेरि पनी दिने तयारी गर्ने भएको छ ।
आइतबार नेपाल आयल निगमले इन्धनको खपत घटाउन भन्दै आइतबार पनि बिदा दिने लगायत १० बुँदे प्रस्ताव सरकारलाई सिफारिस गरेको हो ।
नियम प्रवक्ता विनितमणि उपाध्यायले यसअघि आइतबार बिदा दिँदा इन्धन खपत उल्लेख्य घटेको भन्दै पुन: यो नियम लागु गर्न सिफारिस गरेको जानकारी गराएका छन् ।
इन्धन खपत घटाउन निगमले सरकारलाई जोरबिजोर प्रणाली , सरकारी, निजी र दुई पांग्रसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न लगायतका व्यवस्था लागु गर्न सिफारिस गरेको छ ।
मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरूप नै यात्रु रहने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने । ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एल
.पी.ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने सुझाप पेश गरेको छ ।