देशशनिबार एकाबिहानै भूकम्पकाे धक्का

शनिबार एकाबिहानै भूकम्पकाे धक्का

काठमाडौं । काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसको धक्का राजधानी काठमाडौंसहित आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो । बिहानै आएको भूकम्पका कारण मानिसहरु डराएका छन् । कतिपय मानिसहरु घरभन्दा बाहिरसमेत निस्केका थिए ।

यसअघि एकसाता अघि मात्रै खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्यटको भूकम्प आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img