Sunday, March 16, 2025
देशप्लाष्टिकका झोला बोक्नेलाई १ लाखसम्म जरिवाना

प्लाष्टिकका झोला बोक्नेलाई १ लाखसम्म जरिवाना

सरकारले ४० माइक्रोनभन्दा मुनिका प्लास्टिक झोलामा बुधबारदेखि प्रतिबन्ध लगाएको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले प्लाष्टिकजन्य वस्तुबाट हुने वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, पैठारी, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

विभागले प्लाष्टिक झोला प्रतिबन्ध नीति र निर्णयलाई आगामी दिनमा थप कडाइका साथ लागू गर्ने तयारी गरेको छ । विभागका अनुसार यस्तो उत्पादन, पैठारी, बिक्री, वितरण र उपयोगको अवस्थाको अनुगमन गरी उल्लंघन गरेको पाइएमा कारबाही गरिने छ ।

भदौ १ गतेदेखि सरकारको निर्णयविपरीत काम गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही गरिने छ ।

यसअघि सरकारले २०७४ असोज १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, पैठारी, बिक्री वितरण र प्रयोगमा रोक लगाएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img