काठमाडौं / काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानै देखि खुला भएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ ।
भाइटीकाको दिन आज दिदीबहिनी नहुनेका लागि बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । दर्शनार्थीले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्ने व्यवस्था गरिएको छ ।