काठमाडौं / मधेस प्रदेशमा भोली पनि सार्वजनिक विदा हुने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते भोली पनि संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुन्छ ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तीमा लोक आस्थाको छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना समेत दिइएको छ ।