देशबागमती प्रदेशनक्कली प्रचण्ड , तेमाल गाउँपालिका अध्यक्षको चुनावमा उठ्दै

नक्कली प्रचण्ड , तेमाल गाउँपालिका अध्यक्षको चुनावमा उठ्दै

सुनसरी / काभ्रेपलान्चोक जिल्लामा जन्मिएका प्रदिप पाठक (नक्कली प्रचण्ड) अहिले नेकपा एमालेको काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको अध्यक्षमा चुनाव उठ्दै छन् । उनको वास्तविक नाम भने प्रदिप पाठक रहेको छ ।

नेपाली हाँस्य जगतमा चर्चित पात्र हुन कलाकार प्रदिप पाठक (नक्कली प्रचण्ड ) उनी सानै देखि अभिनयमा लागेका थिए । धेरैले उनीलाई प्रचण्डको क्यारिकेचर गरेर दर्सकलाई मनोरञ्जन दिएका उनी कतिपय दर्सकले माओबादिकै पार्टीका हुन कि भनेर नि भन्छन् तर वास्तवमा उनी एमाले बाट आफ्नै गाउँको जन्मथलो काभ्रे जिल्लाको तेमाल गाउँपालिका अध्यक्षमा चुनाव लड्दै छन् ।

सब परिवार एमालेमा रहेका कलाकार पाठक पनि सानै स्कुले जीवन देखिनै एमाले मै रहेछन । रोल माओबादिको गरेतापनी एमालेका हरेक कार्यक्रममा पुगेको उनिले बताए । सबैको सल्लाह अनुसार उनी एमाले बाट आफ्नै गाउँपालिका बाट चुनाब लड्दै छन्।

उहाँ भन्छन मलाइ जसरी कलाकारितामा दर्सकहरुले मन पराइदिनु भयो, आफ्नै गाउँपालिकाका जनताहरुले नै मलाइ जिताउनु हुनेछ भन्ने पूरा बिश्वास बताए ।

(नक्कली प्रचण्ड) प्रदिप पाठक दर्जनौ सिरियलमा साथै ४-५ वटा फिल्ममा समेत काम गरिसकेको छु भनेर बताए । उनले १२ वर्षे नामक चलचित्र पनि लेखन निर्माण गर्नुभयो भने उहाले आफैले निर्देशन गरेको फिल्म ठुलो माछा पनि रिलिजको तयारिमा रहेको छ । उनीले पछिल्लो समयमा च्वास्स पिरो सिरियलमा अभिनय पनि गर्दै आएको छु भनेर बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img