दर्शन गरे मनोकामना पूरा हुने बिश्वास रहेको मातातिर्थमा मंगलबार मन्दिर समिति तथा सरसफाइ संयोजकको नेतृत्वमा सरसफाई अभियान सफल भयको छ ।
मकवानपुरगढी गाउँपालीका वडा नम्बर ६ धनडाँडा स्थीत मातातिर्थ सँगै धनेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको छ । जहाँ एक घर एकजनाको स्थानीय जन सहभागिता थियो । सरसफाई अभियान टोलीले मकवानपुरगढी गाउँपालीका भित्र रहेका मठ–मन्दिर तथा विभिन्न क्षेत्रमा सरसफाई गर्ने अभियान अन्तरगत संयोजक रामशरण लामिछानेले गर्नुभएको थियो ।
जहाँ धार्मिक र पर्यटकीय दृष्टिकोणबाट महत्वपुर्ण रहेको यस मन्दिरमा माता तिर्थ औशी र अन्य समयमा निरन्तर पुजापाठ गर्दै आईरहेको पबित्र स्थल रहेको । परापुर्ब कालमा राजाले धन गाडेकाले यस ठाउँको नाम धनडाँडा रहन गएको किम्बद्धन्ती रहेको र पानीको आवस्यकता परेको खण्डमा त्यहाँ गएर पुजापाठ अमृतधारा गरेको खण्डमा पानी परेको स्थानीय पुजारी तथा स्थानीय बासिन्दा बताउछन । साथै धनेश्वर महादेव तथा मातातिर्थ दर्शन गरेर मनोकामना पूरा हुने बिश्वास रहेको छ।
यसैगरी मन्दिर समिति तथा सरसफाइ संयोजक रामशरण लामिछानेले निरन्तर रुपमा सरसफाइ सँगै बृहत रुपमा काम आस्था बिश्वास लाई कुनै कमिहुन नदिने र सामाजिकआर्थिक रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गर्दै सबैलाई हौसला प्रदान गर्नु भएको थियो । जन श्रमदान बाटै भक्तजनको लागि १०/१२ जना बस्ने बेन्च पनि बनाईएको छ ।
१० रोपणी क्षेत्रफलमा फैलिएको यस क्षेत्रको संरक्षणको लागि मकवानपुरगढी गाउँपालीकाले बजेट बिनियोजन गरेर काम सुरु गरेको वडा अध्यक्ष टिका दहालले जानकारी दिनु भयो ।




