देशबागमती प्रदेशउपत्याकामा सार्वजनिक यातायातको भाडा बढ्यो ( सूचना सहित)

उपत्याकामा सार्वजनिक यातायातको भाडा बढ्यो ( सूचना सहित)

काठमाडौं ।

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । वैशाख १ गते नयाँ वर्ष देखि लागु हुन काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको हो ।

शुक्रबार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निणर्य अनुसार भाडा वृद्धि गरिएको हो । अब नयाँ भाडादर अनुसार सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

त्यसैगरी , पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ वृद्धि भएको छ ।

सार्वजनिक सवारी साधनसँगै ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img