काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरमा राजनीति नगर्न आग्रह गरेका छन ।
धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेकोप्रति टिप्पणी गर्दै मेयर साहले फोहरको थुप्राेमा कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गरेका हुन् ।
धुनिबेँशी नगरपालिका वडा नम्बर १ का कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीका वडा प्रमुखहरूले संयुक्त रूपमा ती दलका नगर समितिलाई लेखेको पत्रसहित फेसबुकमा स्टाटस लेख्दै साहले बञ्चरेडाँडामा फोहर फ्याँक्न आधिकारिक सम्झौताहरू भएको उल्लेख गरेका छन् । ]
उनले सिसडाेलमा पानीको मुहानमा फोहर फ्याँकेको र फोहर बोक्ने गाडीले बाख्रा मारेको समस्या समाधान हुनासाथ काठमाण्डौको फोहर उठाउन नदिन अर्को समस्या देखिएको बताएका छन् ।