Monday, January 13, 2025
देशबागमती प्रदेशफागुन १ गते वागमती प्रदेशमा सार्वजनिक विदा

फागुन १ गते वागमती प्रदेशमा सार्वजनिक विदा

हेटौंडा । वागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

२४ माघमा बसेको मन्त्रिपषिद्को बैठकले गरेको निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा वागमती प्रदेशमा सार्वजनिक विदा हुने मन्त्रालयका उपसचिव तथा प्रवक्ता अनुशील सापकोटाले जानकारी दिए ।

जनयुद्ध दिवस

विक्रम संवत २०५२ साल फागुन एक गते तत्कालिन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो । २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो ।

सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको छ ।

329023970 733700355023256 6681705214391425283 n

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img