Wednesday, February 12, 2025
देशबागमती प्रदेशमकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मकवानपुर: मकवानपुरकाे भिमफेदी गाउँपालिका-६, जुरिखेतमा माेटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । बुधबार हेटौंडा-भिमफेदी-कुलेखानी-काठमाण्डौ सडकखण्डमा माेटरसाइकल दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाण्डौतर्फ बाट हेटौंडा तर्फ आउदै गरेको बागमती प्रदेश ०२ ०२० प ४२३७ नम्बरकाे माेटरसाइकल आफै अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसी दुर्घटना भएको हाे ।

दुर्घटनामा बारा पर्सौनि नगरपालिका-५, बस्ने २५ बर्षीय लालबाबु सहनि मलाहा गम्भीर घाइते भएका थिए । घाइते भएका लालबाबु उपचारको लागि जिल्ला अस्पताल हेटौंडा लगिएकोमा उपचारकाे क्रममा राति ८ बजेर ३५ मिनेटमा डाक्टरले मृत घाेषणा गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बिहीबार बिहान ७ बजेर २० बजेकाे समयमा प्रहरी टाेलि घटना स्थलमा पुग्दा माेटरसाइकालमा पछाडी सवार बारा पर्सौनि नगरपालिका-५, बस्ने २० बर्षीय गोरख भन्ने रबिन्द्र मण्डल सडकबाट २०० फिट तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस