Sunday, September 8, 2024
समाजहेटौंडामा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु
spot_img

हेटौंडामा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु

मकवानपुर: हेटौंडा उपमहानगरपालिकाले बजारक्षेत्रमा मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ ।

व्यवसायीहरूले निर्माण गरेका त्यस्ता अस्थायी संरचनाले पैदल यात्रुहरूलाई हिँडडुल गर्न असहज भएको र बजारको स्वरूप नै बिगारेको भन्दै उपमहानगरपालिकाले सोमबारदेखि नै नगर प्रहरीको सहयोगमा हेटौँडा बजार क्षेत्रमा मापदण्डविपरीत निर्माण गरिएका  संरचनाहरू भत्क्याउन सुरु गरेको हो ।

विशेषगरी उपमहानगरले बजार क्षेत्रको हेटौँडा १, २, ४ र १० नम्बर वडामा रहेका पसल व्यवसायीले घरसँगै जोडेर बनाएको अस्थायी टप हटाउने काम गरिरहेको छ । अहिलेसम्म उद्योग वाणिज्य संघ चोकदेखि सुरु गरेको अभियानअन्तर्गत उपमहानगरले त्रिभुवन राजपथको चौकीटोल ओरालाेदेखि पूर्व–पश्चिम राजमार्गको राप्तीरोड हेटौँडा अस्पतालअगाडिसम्मको मापदण्डविपरीतका संरचना हटाएको छ।

सडक विस्तार अब रोक्न सकिँदैन :  उपमहानगरपालिका प्रमुख

-Google Ads-

राजमार्ग विस्तारको काम रोकिँदा उपमहानगरपालिकाले बजार क्षेत्रमा गर्नुपर्ने धेरै विकासका गतिविधि सञ्चालन गर्न बाधा पुगेको हेटौडा उपमहानगरपालिकाकी प्रमुख मीना लामाले बताईन । बजार क्षेत्रलाई थप व्यवस्थित र सुन्दर बनाउन आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्न नसकिएको लामाको भनाई छ । ‘सडक विस्तार नहुँदा हामी आफैँ पनि विकासका काम रोक्न बाध्य भएका छौँ।’ उनले भनिन ।

२५ मिटर सडक विस्तारको कामले अब गति लिने उल्लेख गर्दै मेयर लामाले बजार क्षेत्रका व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्थापन गर्न सुझाव पनि दिएकी छिन । मेयर लामाले बजार क्षेत्रका सडक विस्तार अब नरोकिने बताएकी छिन।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img