मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिका -२ शिखरकटेरी स्थित धवाडी पुलमा कुर्लेबाट कान्तिलोकपथतर्फ आउदै गरेको मोटरसाइकल दुर्घटना हुदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ ।
प्र. ३-०२-०१२प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भै दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना घाईते भएको मकवानपुर प्रहरीले जनाएको छ । मोटरसाइकलमा श्रीमान्, श्रीमती र छोरी सवार थिए ।
मोटरसाइकल चालक मकवानपुरगढी-२ कुर्ले बस्ने ३५ वर्षीय भिम बहादुर स्याङ्तान घाइते भएका छन् । उनको श्रीमती रुपा स्याङ्तान र ५ महिनाको छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ ।