समाजइटहरीमा हात्तीको आक्रमणमा परी मृत्यु भएका खड्काको परिवारलाई उपमहानगरले एक लाख दिने

इटहरीमा हात्तीको आक्रमणमा परी मृत्यु भएका खड्काको परिवारलाई उपमहानगरले एक लाख दिने

इटहरी / इटहरी उपमहानगरपालिका- वडा नम्बर -२ मा गएराति हात्ती आक्रमणमा परी मृत्यु भएका पीडित परिवारलाई उपमहानगरले एक लाख रुपैयाँ दिने भएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पीडित परिवारको घरमा पुगेर एक लाख रुपैयाँ दिने बताएका छन् ।उनले हात्ती नियन्त्रण गर्नका निम्ति आफूहरूसँग कुनै सयन्त्र नभएको बताउँदै साइरन जडान, बत्ती जडानजस्ता कुरामा भने उपमहानगरले काम गरिरहेको बताए ।

गएराति इटहरी २ बुढासुब्बा चोक नजिकै हात्ती आक्रमणबाट २६ वर्षीय रविन खड्काको मृत्यु भएको थियो । उनलाई बुधबार ९ बजे हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको इटहरी २ का स्थानीय राजु बस्नेतले जानकारी दिए ।

बत्ती बालेर हात्ती धपाउने क्रममा हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाइ छ । स्थानीय रोशन अधिकारीका अनुसार दैनिक २६ वटाको संख्यामा हात्ती आउने गरेको छ । आफूहरूले हरेक वर्ष हात्ती धपाउन रातभर जाग्राम बस्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img