Monday, January 13, 2025
देशबागमती प्रदेशख्रिष्टमसमा गाउँपालिकाले दियो ३ बिदा

ख्रिष्टमसमा गाउँपालिकाले दियो ३ बिदा

मकवानपुर: मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले ख्रिष्टमसमा ३ दिन बिदा दिने निर्णय गरेको छ ।

इसाई धर्मावलम्वीहरुको धेरै बसोबास रहेको भएकाले पालिकाले तीन दिन विदा दिने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै पुस ८, ९ र १० गते पालिकाका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्थाहरु बन्द हुने जनाएको छ ।

ख्रिष्टमसले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त गाउँपालिकामा बसोबास गर्नेहरुमा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने गाउँपालिकाको अपेक्षा छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img