Wednesday, January 15, 2025
देशबागमती प्रदेशबागमतीका १० अस्पताललाई स्तरोन्नति गर्दै प्रदेश सरकार

बागमतीका १० अस्पताललाई स्तरोन्नति गर्दै प्रदेश सरकार

मकवानपुर: बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकारमातहतका १० वटा अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

मुख्यमन्त्री जम्कट्टेलका अनुसार धादिङको धादिङ अस्पताल, नुवाकोटको त्रिशूली अस्पताल, मकवानपुरको हेटौँडा अस्पताल, चितवनको बकुलर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र भक्तपुरको भक्तपुर अस्पताल रहेका छन् ।

यसैगरी, सिन्धुपाल्चोकको सिन्धुपाल्चोक अस्पताल, रामेछापको रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताललाई स्तारोन्नति गरिने भएको हो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताललाई तीन सय शय्या क्षमतामा विकास गर्ने निर्णय गरेको छ । यस्तै, भक्तपुरको भक्तपुर अस्पतालको क्षमता पनि तीन सय शय्याको बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यसअघि हेटौँडा र भक्तपुर दुवै अस्पतालहरू एक–एक सय शय्याको क्षमतामा सञ्चालित रहेका थिए ।

बैठकले धादिङ अस्पताल, त्रिशूली अस्पताल, सिन्धुली अस्पताल, बकुलहर अस्पताललाई सय शय्या र सिन्धुपाल्चोक, रामेछाप, पशुपति चौलागाईं स्मृति अस्पताल र मेथिनकोट अस्पताललाई ५० शय्या बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायहरूका लागि एक हजार ६ सय ६९ जना प्राविधिक र प्रशासनिक कर्मचारी संगठन संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img