Tuesday, December 10, 2024
देशबागमती प्रदेशहेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु

हेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु

मकवानपुर: हेटौँडा अस्पतालमा उपचारको क्रममा ३ महिने शिशुको मृत्यु भएको छ । बुधवार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३३ वर्षीय रश्मि रुम्बाको १०५ दिनकी छोरी रियासा रुम्बाको मृत्यु भएको हो । घटना भएको खबर आएको भएपनी बाँकी जानकारी नभएको प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

यता, परिवारका अनुसार बच्चाको दाहिने थाइको हड्डीमा सङ्क्रमण भइ १४ गते हेटौँडा अस्पतालमा भर्ना भएकोमा १८ गते बिहान १० बजेको समयमा अप्रेसन गरिएको थियो । त्यसै दिन दिउसो २ बजे बच्चाको मृत्यु भएको परिवारले जनाएको छ ।

बच्चाको आफन्तहरूले डाक्टरको कमीकमजोरीको कारण मृत्यु भएको आरोप लगाएका छन । बच्चाको शव हेटौँडा अस्पताल मै रहेको जनाईएको छ  ।

*सच्याईएको: तिन महिनाको हुनुपर्नेमा तिन वर्षको लेखिएकाले सचाइएको छ । भुलवश हुन गएको त्रुटिका लागि क्षेमा प्राथि छौ ।   
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img