मकवानपुर: सशस्त्र प्रहरी बलको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू कार्यक्रम गरी मनाएको छ।
दिवसको अवसरमा माघ ४ गते अमर सशस्त्र प्रहरी हवल्दार माधव प्रसाद सापकोटाको सम्झनामा चौतारा निर्माण गरिएको थियो। माघ ५ र ६ गते ऐतिहासिक स्थल तथा धार्मिक क्षेत्रको सरसफाई गरिएको थियो।
माघ ७ गते भूकम्प सतर्कता जनचेतना कार्यक्रम र खेलकूद कार्यक्रम सम्पन्न गरिएको थियो। माघ ८ मा वृक्षरोपण कार्यक्रम गरिएको थियो। गणले कार्यक्रमको अन्तिम दिन मंगलबार बिहान गणमा कार्यरत सशस्त्र प्रहरीहरूद्वारा रक्तदान गरिएको थियो भने साँझमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्याक्रममा २२ जनाले रक्तदान गरेका थिए । दिवसको अवसरमा ६ जनालाई सम्मान समेत गरिएको प्रहरी उपरीक्षक अनिल कार्कीले जानकारी दिए। ।
सशस्त्र प्रहरी बल शान्ति, सुरक्षा, कानुन र सुव्यवस्था कायम राख्न, नागरिकको जीउधन र सिमा सुरक्षाका लागि सञ्चालनमा रहेको छ। २०५७ सालमा माओवादी युद्ध चर्किएपछि थप सुरक्षा शक्तिको आवश्यकता महसुस गरी सरकारले सशस्त्र प्रहरी बलको स्थापना गरेको हो।