Friday, January 17, 2025
देशबागमती प्रदेशहेटौँडा अस्पतालले प्रकोप व्यवस्थापनको अभ्यास गर्यो

हेटौँडा अस्पतालले प्रकोप व्यवस्थापनको अभ्यास गर्यो

हेटौँडा । हेटौँडा अस्पतालले सोमबार प्रकोप व्यवस्थापनको अभ्यास गरेको छ । त्रिखण्डीमा सिमुलेसन गरिएको सवारी दुर्घटनाका नाटकीय घाईतेहरूलाई उपचारको लागि अस्पतालमा ल्याई अभ्यास गरिएको हो ।

अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गण नम्बर १४, प्रहरी अस्पताल र ओल्ड हेल्थ अर्जनाइजेसनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

यस्तो अभ्यास हेटौँडा अस्पतालमा पहिलोपटक गरिएको बताइएको छ । अस्पतालका मेसु डा. श्रीधर अर्यालले प्रकोपको अवस्थामा पूर्व तयारीको लागि यो अभ्यास गरिएको जानकारी दिए ।

त्रिखण्डीमा गरिएको सिमुलेसन अभ्यासपछि नाटकीय घाईतेहरूलाई अस्पतालमा ल्याई उपचार अभ्यास गरिएको थियो । अस्पतालले आगामी दिनमा यस्ता अभ्यास निरन्तर गर्ने योजना बनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img