देशबागमती प्रदेशमोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गयो

मोटरसाइकलको ठक्करले पैदलयात्रीको ज्यान गयो

हेटौँडा | चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलामा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ।

सोमबार राति करिब ८:१५ बजे मुग्लिङ–नारायणगढ सडकखण्डमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ०८७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री गम्भीर घाइते भएका थिए।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मृतक तनहुँको आबुखैरेनी गाउँपालिका–३ का ६५ वर्षीय किशोरबहादुर गुरुङ हुन्। उनलाई र मोटरसाइकल चालक गोरखा नगरपालिका–४ का ४० वर्षीय सन्तोष खनाल दुवैलाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइएको थियो।

तर, उपचारकै क्रममा राति ११:१४ बजे गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। चालक खनालको अवस्था भने सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img