देशबागमती प्रदेशपहिरो खस्दा हेटौँडा–काठमाडौं सडक अवरुद्ध

पहिरो खस्दा हेटौँडा–काठमाडौं सडक अवरुद्ध

बागमती | मकवानपुरमा सुक्खा पहिरो खस्दा हेटौँडा–काठमाडौं सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब साढे नौ बजे इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको पहिरोले हेटौंडा–फाखेल हुँदै दक्षिणकाली पुग्ने सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ठूलो मात्रामा माटो र ढुङ्गा खस्दा यातायात पूर्णरूपमा ठप्प भएको हो। अहिले डोजर परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

त्यस्तै, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरकै भिमफेदी गाउँपालिका–९, लामिडाँडा नजिकै पनि ढुङ्गा र रुख खस्दा सडक बन्द भएको छ। अर्यालका अनुसार त्यहाँ पनि डोजर प्रयोग गरेर अवरोध हटाउने काम भइरहेको छ।

लगातारको वर्षासँगै भूस्खलन बढेपछि पहाडी सडकमा यात्रा गर्नुपर्ने यात्रुलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img