देशबागमती प्रदेशअविरल वर्षापछि तातोपानी नाका जोड्ने सडक ६ दिनदेखि अवरुद्ध

अविरल वर्षापछि तातोपानी नाका जोड्ने सडक ६ दिनदेखि अवरुद्ध

सिन्धुपाल्चोक। अविरल वर्षाका कारण परेको पहिरोले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग ६ दिनदेखि पूर्ण रूपमा अवरुद्ध छ। भोटेकोशी–२ स्थित कोदारी बजार नजिक आइतबार राति खसेको पहिरोले सवारी आवागमन रोकिएको तातोपानी भन्सार कार्यालयका अधिकृत सूर्यप्रसाद काफ्लेले बताए।

उनका अनुसार, “गत साउन ७ गते बिहान ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा खोल्न सकेका छैनौँ। ५ गतेसम्म आवागमन रोकिएको थियो, ६ गते केही सवारीसाधन नेपालतर्फ छिरे पनि ७ गते फेरि पहिरो खस्यो। ८ गते साँझ केहीबेर सडक खुलाइयो, तर फेरि पहिरो खसेपछि पुनः अवरुद्ध भएको छ।”

अहिलेसम्म करिब ३५ वटा कन्टेनर नेपालतर्फ, झण्डै ५०० कन्टेनर चीनतर्फ अड्किएका छन्। काफ्लेका अनुसार पहिरो हटाउने प्रयास जारी भए पनि अविरल वर्षाले पुनः सडक अवरुद्ध हुने जोखिम कायम छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद बास्तोलाले भने, “वर्षा कम भए भोलि बेलुकीसम्म सडक एकतर्फी सञ्चालनमा ल्याउने प्रयास हुनेछ। २५ दिनयता जम्मा तीन दिनमात्रै सडक खुल्न सफल भएको छ। सडक विभाग भूगर्भविद र पहिरोका विशेषज्ञ खटाएर अनुसन्धान गरिरहेको छ, १५ गतेदेखि पूर्ण सञ्चालनका लागि तयारी भइरहेको छ।”

यसैबीच, चीनको रसुवा–केरुङ नाका पनि असार २४ गते तिब्बतस्थित ल्हेन्दे खोलामा आएको बाढीपछि ठप्प छ। चीनतर्फ आवतजावतका लागि तातोपानी नै मुख्य नाका भएकाले पहिरो समयमा हटाउन नसके राजस्व सङ्कलनमा असर पर्ने बास्तोलाले बताए।

पूर्ववर्ती वि.सं. २०७२ को भूकम्पका कारण कोदारी क्षेत्रमा जमिन अस्थिर भएकाले सडक खुलाउने बित्तिकै पहिरो खस्ने समस्या दोहोरिँदै आएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img