Thursday, January 23, 2025
बागमती प्रदेशमकवानपुरहेटौँडालाई काठमाडौंसँग जोड्ने थानकोट–चित्लाङ सडक एक महिना बन्द हुने

हेटौँडालाई काठमाडौंसँग जोड्ने थानकोट–चित्लाङ सडक एक महिना बन्द हुने

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गमध्येको थानकोट–चन्द्रागिरि–चित्लाङ सडक (गणेशमान मार्ग) एक महिनाका लागि बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय काठमाडौंले सूचना निकालेर उक्त सडक खण्ड आइतबारदेखि एक महिनाका लागि बन्द गर्ने जानकारी दिएको हो। यस अवधिमा उक्त सडक खण्डको स्तरोन्नती गर्न लागेको जनाइएको छ। डिभिजन कार्यलयले ७ पुसदेखि ६ माघसम्म सडक खण्ड पूर्णरुपमा बन्द हुने जनाएको छ।

स्तरोन्नतीका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रगिरि भञ्ज्याङ खण्डसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमनमा रोक लगाइने छ। डिभिजन कार्यालयले यस अवधिमा उक्त सडक भएर चल्ने सवारीसाधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ।

यता स्थानीयले भने नियमित सञ्चालन हुनुपर्ने सडक खण्ड २४ सै घण्टा बन्दा हुँदा समस्या हुने भन्दै विरोध जनाएका छन्। उपयुक्त विकल्प नदिई सडक बन्द गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस