बागमती प्रदेशमकवानपुरविदेश पठाइदिने प्रलोभनमा लाखौं ठगी गर्ने मकवानपुरका रविनसहित तीन जना पक्राउ

विदेश पठाइदिने प्रलोभनमा लाखौं ठगी गर्ने मकवानपुरका रविनसहित तीन जना पक्राउ

काठमाडौं | बेरोजगार युवालाई आकर्षक तलब सुविधासहित विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-२ का ३८ वर्षीय रविन कार्की, सुर्खेत गुर्भाकोट नगरपालिका-२ का ३६ वर्षीय रमेशकुमार डिसी, र रोल्पा गंगादेव गाउँपालिका-५ का ४१ वर्षीय जैबहादुर वली रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सिंगापुर, क्रोएसिया र स्लोभाकिया पठाइदिने भन्दै ठगी गर्दै आएका थिए। डिसीले एक जनाबाट १० लाख, वलीले ६ लाख, र कार्कीले १९ लाख रुपैयाँ लिएको खुलेको छ। कार्कीविरुद्ध बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा समेत दर्ता छन्, जसमा ११ लाख ५० हजार बिगो रहेको छ।

प्रहरीले डिसी र वलीलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ भने कार्कीलाई बैंकिङ कसुर मुद्दाको अनुसन्धानका लागि वृत्त बौद्धमा राखिएको छ। बैंकिङ कसुर मुद्दाको अनुसन्धान सकिएपछि उनलाई वैदेशिक रोजगार विभागमा उपस्थित गराइने बताइएको छ।

प्रहरीले वैदेशिक रोजगारीको नाममा हुने ठगीविरुद्ध कडाइ गर्ने नीति लिएको बताएको छ। पीडितहरूले छिटो उजुरी दिएमा अपराधीलाई नियन्त्रणमा लिन सजिलो हुने भएकाले सचेत रहन समेत आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img