बागमती प्रदेशमकवानपुरमकवानपुरमा भारतीय यात्रुबाहक गाडी दुर्घटना, चार जना घाइते

मकवानपुरमा भारतीय यात्रुबाहक गाडी दुर्घटना, चार जना घाइते

हेटौँडा | मकवानपुरमा भारतीय यात्रुबाहक गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छास्थित दक्षिणकाली सडकखण्डमा भारतीय यात्रुबाहक गाडी दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ७ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (UP70NT 6917) को फोर्स गाडी ब्रेक फेल भएर सडकको बायाँपट्टि ठोक्किएको थियो।

गाडीमा १७ जना यात्रु सवार थिए, जसमा उत्तर प्रदेश, रायबेली निवासी ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र, र ३८ वर्षीय अभय प्रताप सिंह सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि हेटौँडा पठाइएको छ।

 हाल गाडी घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नरहेको प्रहरीको भनाइ छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img