बागमती प्रदेशमकवानपुरसिन्धुलीबाट हेटौँडा आउँदै गरेको बस चिसापानीमा दुर्घटना, केही गम्भीर घाइते

सिन्धुलीबाट हेटौँडा आउँदै गरेको बस चिसापानीमा दुर्घटना, केही गम्भीर घाइते

हेटौँडा | बकैया गाउँपालिका–३ चिसापानी बजार नजिकै धरान–चतरा सडक खण्डमा बिहीबार राति एक यात्रुबाहक बस दुर्घटना भएको छ। सिन्धुलीबाट हेटौंडा आउँदै गरेको भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमण टोली सवार बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बा.प्र.०६-००१ ख ०२७० नम्बरको रिजर्भ बस राति करिब साँढे ९ बजेको समयमा घुम्तीमा अचानक अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रहरीले तत्काल उद्धार कार्य गर्दै सबै घाइतेहरूलाई हेटौंडा अस्पताल पठाएको जनाएको छ। बसमा कति जना यात्रु सवार थिए भन्ने विवरण भने हालसम्म स्पष्ट भएको छैन। घटनास्थलमा २–३ जना गम्भीर घाइते भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रहरीका अनुसार बस घटनास्थलमै अड्किएको छ भने बाटो अबरुद्ध नभएको जानकारी दिएको छ। हाल घाइतेहरूको नामावली र विस्तृत विवरण संकलनको काम भइरहेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img