Saturday, July 19, 2025
बागमती प्रदेशमकवानपुरचोरी गएको ट्रक प्रहरीले फेला पार्‍यो, एक जना पक्राउ

चोरी गएको ट्रक प्रहरीले फेला पार्‍यो, एक जना पक्राउ

spot_img

हेटौँडा | केही दिनअघि हराएको एक ट्रक प्रहरीले फेला पारी ट्रकधनीलाई बुझाएको छ।

हेटौँडा उपमहानगरपालिका–४ का ३० वर्षीय गणेश बरुवालको नाममा दर्ता रहेको ना ६ ख ८५५ नम्बरको ट्रक जेठ १३ गते राति हराएको थियो। ट्रक घरनजिकै पार्किङ गरिएको अवस्थामा हराएपछि पीडितले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए।

- Advertisement -

प्रहरीले सो दिनकै राति हेताैँडा–३ स्थित बसामाडीबाट ट्रक फेला पारेको हो। ट्रकलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक प्रक्रियापछि सवारी धनी गणेश बरुवाललाई सनाखत गराई आज जेठ २६ गते बुझाइएको प्रहरीले जनाएको छ।

चोरी घटनामा संलग्न रहेको आरोपमा मकवानपुरगढी गाउँपालिका–१ का २७ वर्षीय तिर्थमान भोलानलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img