Saturday, July 19, 2025
मकवानपुरबकैया गाउँपालिकापुलदेखि पोषणसम्म: बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

पुलदेखि पोषणसम्म: बकैयाले घोषणा गर्यो १५ क्षेत्रमा जनकेन्द्रित नीति

spot_img

हेटौँडा |  बकैया गाउँपालिकाको आथिक वर्ष २०८२/२०८३को  नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मंगलबार बकैया गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

१५ पृष्ठको नीति तथा कार्याक्रममा गाउँपालिकाले आधारभूत संरचना, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ। यस अन्तर्गत १५ ओटा प्रमुख अस्पताल स्तरोन्नती, ३२ स्थानमा सडक विस्तार, र एक वडा-एक उद्यमशील कार्यक्रम जस्ता महत्वपूर्ण योजनाहरू समावेश गरिएका छन्।

- Advertisement -

गाउँपालिकाले चम्पाखहरे, बकैया-निसमात खोला लगायत १५ स्थानमा पुल निर्माण, जुरेली खेलमैदानको आधुनिकीकरण र ५ किलोमिटर सडक विस्तार गर्ने योजना बनाएको छ। विशेषगरी बाढीप्रवण क्षेत्रका लागि खोलाको करिडोर नियन्त्रण, पानी आपूर्ति प्रणाली सुधार र ठूलो सुधा ड्याम निर्माणलाई प्राथमिकता दिइएको छ। यसैसँग प्रत्येक वडामा सीसिटिभी क्यामेरा स्थापना गरी सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

बकैया कृषि औद्योगिक ग्राममा कोल्ड स्टोर, टिएमआर उद्योग र कृषि उत्पादन प्रशोधन केन्द्र स्थापना गर्ने योजना छ। साथै, “एक वडा-एक बाली” अन्तर्गत काफी, अलैची र तरकारी उत्पादन प्याकेज क्षेत्र विकास, स्थानीय बीउ संरक्षण र कृषकहरूलाई ४ करोड रुपैयाँ सम्झौता खेती अनुदान दिने प्रावधान गरिएको छ।

१५ शय्याको आधारभूत अस्पताललाई प्रदेश स्तरको अस्पतालमा स्तरोन्नति गर्ने, २४ घण्टे आकस्मिक सेवा सुधार्ने र घरघरमा निःशुल्क रक्तसंचार सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। मानसिक स्वास्थ्यका लागि आत्महत्या निवारण कार्यक्रम, जेठी नागरिक घरदैलो सेवा र अपाङ्ग व्यक्तिहरूका लागि करेक्टिभ सर्जरी जस्ता विशेष योजनाहरू प्रस्तावित छन्।

शैक्षिक क्षेत्रमा गुणस्तर सुधारका लागि कक्षा ३ सम्म “ग्रेड टिचिंग” पद्धति लागू गर्ने, प्रत्येक विद्यालयमा आईसीटी एकीकरण र सामुदायिक विद्यालयहरूलाई कक्षा १२ सम्म स्तरोन्नति गर्ने योजना छ। रोजगारीमा “नमस्ते रोजगारी” अभियान अन्तर्गत युवाहरूका लागि सीप विकास तालिम, वैदेशिक रोजगारी सेवा केन्द्र र स्थानीय उद्यमिता प्रवर्धनलाई बढावा दिइनेछ।

बकैयाको नीति कार्यक्रमले स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ। आगामी वर्षमा यसले ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउने आशा गरिएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img