Friday, July 18, 2025
मकवानपुररक्सिराङ गाउँपालिकाराक्सिराङमा आगामी वर्षको लागि ६३ करोड ५२ लाख बजेट

राक्सिराङमा आगामी वर्षको लागि ६३ करोड ५२ लाख बजेट

spot_img

हेटौँडा  | राक्सिराङ गाउँपालिकाले अघिल्लो वर्षभन्दा १६.३% ले बढी बजेट घोषणा गरेको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २ सय ८९ रुपैयाँको बजेट ल्याएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष (२०८१/८२) को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपैयाँ वा  १६.३% ले बढी हो।

गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले मंगलबार बसेको गाउँ सभामा पेश गरेको बजेटमा चालु र पूँजीगत खर्चको विवरणसँगै सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र आन्तरिक स्रोतबाट जुटाइने आम्दानी समावेश गरिएको छ। बजेट अनुसार आगामी वर्ष चालु खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ (कुल बजेटको ७६.४%) र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ (२३.६%) विनियोजन गरिएको छ।

- Advertisement -

वित्तीय स्रोतको विश्लेषण गर्दा सङ्घीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार रुपैयाँ अनुदान प्राप्त हुनेछ भने गाउँपालिकाले आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ। अघिल्लो वर्षको तुलनामा सङ्घीय र प्रदेशसरकारको अनुदानमा वृद्धि देखिएता पनि पूँजीगत खर्चको प्रतिशत घटेको छ। गाउँपालिकाले बढेको बजेटलाई जनउत्तरदायी सेवा विस्तार र सामाजिक सुरक्षा कार्यक्रमहरूमा केन्द्रित गर्ने योजना बताएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img