फिचरकिशोरावस्थामा आमा बन्ने संख्या निरन्तर उकालो !
spot_img

किशोरावस्थामा आमा बन्ने संख्या निरन्तर उकालो !

बालमैत्री पालिका घोषणाको तयारीमा हेटौँडा उपमहानगरपालिका , झन्  बढ्दै छ बालविवाह  !

मकवानपुर:  मकवानपुरमा किशोरी अवस्थामा आमा बन्नेको सङ्ख्या निरन्तर उकालो लागिरहेको  छ ।  २० वर्षभन्दा कम उमेरमा वैवाहिक सम्बन्धलाई नै दण्डनीय मानिए पनि अझै प्रदेशको राजधानीस्थित सरकारी अस्पतालमै २० वर्षभन्दा कम उमेरमै किशोरी आमा बन्नेको सङ्ख्या निरन्तर उकालो लागेको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कले देखाएको छ ।

हेटौडामा रहेको हेटौँडा अस्पतालमा  कार्तिक महिनामा २ सय ८५ गर्भवती सुत्केरी भएका मध्य  १ सय ९९ जना सामान्य अवस्थामा सुत्केरी हुँदा ८२ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । अस्पतालका अनुसार  ४ जनाको जटिल अवस्थामा बच्चा निकाल्नू परेको थियो । जसमा २१ जना किशोरी पनि आमा बनेका छन् ।

मकवानपुरको विभिन्न पालिकाहरूमा समेत किशोरीहरूले सानै उमेरमा बच्चा जन्माइरहेका छन् । कार्यालयको तथ्याङ्क भन्दा कयौँ बढी सङ्ख्यामा किशोरीहरू आमा बनिरहेको हुन सक्ने कार्यालयका सूचना अधिकारी लक्ष्मण अधिकारी बताउँछन् । उनले भने “हामी सँग भएको तथ्याङ्क अस्पतालमा आएर सुत्केरी हुनेको मात्र हो, अस्पतालमा आउने बाहेक पनि गाउँघरमै कयौँ सुत्केरी भइहरेका छन् ।”

घरघर पुगेर समुदाय स्तरमा ज्ञान दिनसमेत अति आवश्यक रहेको र विद्यार्थीलाई किशोरावस्थामै नकारात्मक विषयको बारेमा बुझाउनुपर्नेमा स्थानीय निकायले आमजनता माझ जनचेतना पुर्‍याउन नसक्दा मकवानपुरमा भएको बालमैत्री पालिकाहरूमा समेत किशोरीहरू आमा बन्नेको पाइएको छ । तर तथ्याङ्कमा भने उल्लेख छ्यान ।

बालमैत्री पालिका घोषणाको तयारीमा हेटौँडा उपमहानगरपालिका , झन्  बढ्दै छ बालविवाह  !

हेटौँडा उपमहानगरपालिका बालमैत्री देशकै पहिलो बालमैत्री  उपमहानगरपालिका घोषणाको तिब्र तयारीमा छ  । बालमैत्री सूचक मध्ये एक बालविवाह भने  बढ्दो  छ ।  चालु आर्थिक वर्षको  कार्तिकसम्म  हेटौडा  उपमहानगरपालिकामा मात्रै ३ सय ३४ जना किशोरी आमा बनेका छन् । बाल मैत्री घोषणाको तयारी गरिरहेको पालिकामा किशोरी आमा  बन्ने सङ्ख्या  निरन्तर  बढिरहेको छ  ।  हेटौडामा कार्तिकमा मात्रै २३ जना किशोरी आमा बनेको उपमहानगरपालिकाका  जनस्वास्थ्य निरीक्षक भोलानाथ चौलगाईले जानकारी दिए  ।

गत वर्ष हेटौडा  उपमहानगरपालिकामा  दुई सय ८० जना किशोरी आमा बनेका छन् । बालमैत्री पालिका घोषणाका लागि हेटौँडा उपमहानगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको सन्दर्भमा किशोरी आमाको सङ्ख्या नघट्नु प्रमुख समस्याको रूपमा देखिएको छ ।

विभिन्न कारण सानो उमेरमै किशोर किशोरीहरूले विवाह गरेर आमाबुबा बन्न पुगेका छन् ।  हेटौँडा अस्पतालमा धेरै गाउँघरबाट किशोरीहरू गर्भवती भएर आउने गरेको र विभिन्न जिल्लाबाट समेत किशोरीहरू निफर भई आउने गरेको अस्पतालले जनाएको छ  ।

किशोरीले बच्चा जन्माउँदा जटिलता हुने, किशोरीको उच्च दबाब हुने, बच्चाको तौल सामान्य भन्दा कम हुने, बच्चा सानो हुने, बच्चा अड्किने समस्या देखा पर्दछ । साथै, पछि गएर आमा तथा शिशुमा ठुलो समस्या आउने विशेषज्ञहरू  बताउँछन्  ।

मकवानपुरमा गत वर्षमा ५ हजार ६१ आमा हुनेमा ५ सय १ जना किशोरी आमा बने भने ९ सय ८६ जनालाई सिरियन गरेर आमा बनेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img