Friday, March 28, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकारिट निवेदन खारेज भएसंगै हेटौँडामा पाँच दिनपछि फोहोर संकलन कार्य सुरु

रिट निवेदन खारेज भएसंगै हेटौँडामा पाँच दिनपछि फोहोर संकलन कार्य सुरु

हेटौँडा | उच्च अदालत पाटन हेटौँडा इजलासले फोहोर व्यवस्थापनसम्बन्धी रिट निवेदन खारेज गरेसँगै हेटौँडा उपमहानगरपालिकाले पाँच दिनपछि फोहोर संकलन कार्य पुनः सुचारु गरेको छ।

गत मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले डम्पिङ साइटमा फोहोर नफाल्न माग गर्दै दायर गरेको रिट निवेदनमा अदालतले अन्तरिम आदेश जारी गरेपछि हेटौँडा बजार क्षेत्रमा फोहोर संकलन रोकिन पुगेको थियो। उक्त आदेशपछि उपमहानगरपालिकाले वैकल्पिक व्यवस्था नगरी फोहोर संकलन स्थगित गरेपछि बजार क्षेत्रभरि फोहोर थुप्रिएको थियो।

माघ २९ गतेको सुनुवाइपछि मंगलबार न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरेको हो। अदालतको निर्णयसँगै हेटौँडा उपमहानगरपालिकाले फोहोर संकलनको बाटो खुला भएको बताएको छ।

उक्त मुद्दामा रिट निवेदकको तर्फबाट अधिवक्ता अज्मीर केसीले बहस गरेका थिए भने विपक्षी हेटौँडा उपमहानगरपालिकाको तर्फबाट कानुन अधिकृत लक्ष्मण मैनाली र वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले बहस गरेका थिए। यस्तै, ग्रीन एण्ड क्लिन सिटी प्रालिको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवप्रसाद चौलागाईसहित अन्य कानुन व्यवसायीले पक्ष प्रस्तुत गरेका थिए।

अदालतको आदेशपछि मंगलबार मध्यान्हदेखि हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रबाट फोहोर संकलन सुरु गरेको छ। पाँच दिनसम्म थुप्रिएको फोहोर व्यवस्थापनमा ढिलाइ हुँदा स्थानीयहरू असन्तुष्ट बनेका छन्। उपमहानगरपालिकाले अब नियमित रूपमा फोहोर व्यवस्थापन गरिने बताएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img