Saturday, July 19, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडाका विद्यालयमा ‘मेघा किचन’ मार्फत खाजा वितरण सुरु, ७ हजार विद्यार्थी लाभान्वित

हेटौँडाका विद्यालयमा ‘मेघा किचन’ मार्फत खाजा वितरण सुरु, ७ हजार विद्यार्थी लाभान्वित

spot_img

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडाका ९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब ७ हजार विद्यार्थीले अब नियमित रूपमा ‘मेघा किचन’ बाट पौष्टिक खाजा पाउने भएका छन्। विद्यार्थीहरूको पोषण सुधार र स्वस्थ जीवनशैलीमा टेवा पुर्‍याउने लक्ष्यसहित हेटौँडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा किचन सञ्चालनमा ल्याइएको हो।

संघीय सरकारको सहयोगमा सञ्चालन गरिएको यो योजनामार्फत हेटौँडा–६, १६, १७, र १८ मा पर्ने बालबोध, वंशगोपाल, जनप्रिय, लक्ष्मी आधारभूत, ज्योती, गोरक्षश्वर, कमला, दिव्यज्योती र राजदेवी माविका विद्यार्थीहरू लाभान्वित हुनेछन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्यालको अध्यक्षतामा किचन व्यवस्थापन समिति गठन गरिएको छ।

- Advertisement -

शिक्षा विकास महाशाखा प्रमुख सिताराम कोइरालाका अनुसार, चैत महिनामा बजेट आए पनि भौतिक संरचना र व्यवस्थापकीय तयारीका कारण हाल मात्र किचन सञ्चालनमा आएको हो। किचनबाट हप्ताको ६ दिन ६ प्रकारका खाजा वितरण गरिनेछ, र खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताइएको छ।

किचन सञ्चालनको अनुगमन गर्न नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा १८ अध्यक्ष अनिलकुमार बानियाँसहितको टोली पुगेको थियो। अनुगमनका क्रममा नगर प्रमुख लामाले विद्यार्थीको स्वास्थ्यप्रति सजग भएर पोषणयुक्त र सफा खाजा वितरण गर्न निर्देशन दिइन्। संघीय सरकारले चालु आर्थिक वर्षमा हेटौँडाको ‘मेघा किचन’का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img