Saturday, April 19, 2025
मकवानपुरमनहरी गाउँपालिकामनहरी गाउँपालिका अध्यक्षद्वारा एकल महिलालाई पक्की घर प्रदान
spot_img

मनहरी गाउँपालिका अध्यक्षद्वारा एकल महिलालाई पक्की घर प्रदान

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम प्रयोग गरी एक एकल महिलालाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन्।

मनहरी-५ बसन्तपुरकी सोनी राईलाई मंगलबार नवनिर्मित घर हस्तान्तरण गरिएको हो। अध्यक्ष कालाखेतीले जानकारी दिए अनुसार घर निर्माणमा २ लाख १५ हजार रुपैयाँ खर्च भएको छ।

manahari

“लामो समयदेखि आवासविहीन अवस्थामा रहनुभएकी सोनी दिदीलाई सुरक्षित बासस्थान प्रदान गर्न पाउँदा म अत्यन्त खुशी छु,” अध्यक्ष कालाखेतीले भने।

सोनी राईले आठ वर्षअघि श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी थिइन्। “अब मसँग आफ्नै पक्की घर छ। यो मेरो लागि ठूलो आशीर्वाद हो,” राईले भावुक हुँदै भनिन्।

स्थानीय बासिन्दा शान्ता अधिकारीले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्षलाई जानकारी गराएकी थिइन्। “अध्यक्षज्यूले हाम्रो अनुरोध सुनेर उहाँलाई पक्की घर बनाइदिनुभयो,” अधिकारीले भनिन्।

अध्यक्ष कालाखेतीले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार आफूले पाउने सेवा सुविधावापतको रकम जनताको सेवामा समर्पित गर्दै आएको बताए। उनले भविष्यमा पनि यस्तै सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

यो कार्यले स्थानीय नेतृत्वको सामाजिक उत्तरदायित्व र संवेदनशीलतालाई उजागर गरेको छ। यस्ता पहलले समुदायका कमजोर वर्गप्रति सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img