Saturday, March 22, 2025
समाजपालुङमा नेपाल जेसीजको ६० औं स्थापना दिवस उत्साहपूर्वक मनाइयो

पालुङमा नेपाल जेसीजको ६० औं स्थापना दिवस उत्साहपूर्वक मनाइयो

हेटौँडा | नेपाल जेसीजको ६० औं स्थापना दिवसको अवसरमा पालुङ जेसीजले विविध कार्यक्रमहरू आयोजना गरी उत्साहपूर्वक मनाएको छ। असोज १ गते शनिवार, पालुङ जेसीजले जेसीआई मिसनमा केन्द्रित अन्तरक्रिया कार्यक्रम, दीप प्रज्ज्वलन र चियापान कार्यक्रम सम्पन्न गरेको छ।

पालुङ जेसीजका वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा आयोजित कार्यक्रममा “युवाहरूलाई नेतृत्व विकासका अवसरहरू प्रदान गर्ने जसले युवाहरूलाई सकारात्मक परिवर्तन सृजना गर्न सशक्त बनाउँदछ” भन्ने यस वर्षको जेसीआई मिसनमा केन्द्रित अन्तरक्रिया भएको थियो।

कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्षहरू, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र लगायत पालुङ जेसीजका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

स्थापना दिवसको अवसरमा थाहा नगरपालिकाको थानाबजार स्थित बुद्ध चोकमा दीप प्रज्ज्वलन गरिएको र त्यसपछि चियापान कार्यक्रम आयोजना गरिएको पालुङ जेसीजका कोषाध्यक्ष सञ्जय गोपाली र उपाध्यक्ष एवं कार्यक्रम संयोजक नारायण कार्कीले जानकारी दिए।

नेपाल जेसीजको स्थापना ६० वर्ष अघि सन् १९६४ मा डा. भेषबहादुर थापाको अध्यक्षतामा भएको थियो। हाल नेपाल जेसीज अन्तर्गत १७८ शाखामा करिब १५ हजार युवा सदस्य रहेका छन्। युवाहरूको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता क्षमता विकासका लागि क्रियाशील यो संस्था नेपालका लगभग सबै जिल्लाहरूमा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ।

पालुङ जेसीजको स्थापना सन् २००० मा हेटौंडा जेसीजको मातृत्वमा भएको थियो र यसले स्थानीय युवाहरूलाई नेतृत्व विकास र सामुदायिक सेवाका अवसरहरू प्रदान गर्दै आएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

चैत्र ९ गते शनिवारको भाग्यफल

चैत ७ गते बिहीबारको भाग्यफल

अनधिकृत पात्रो बजारबाट जफत गरिने

चैत ४ गते सोमबारको भाग्यफल

spot_img