हेटौंडा | नजिकिदैँ गरेका महानपर्वहरु विजयादशमी, दीपावली तथा छठपर्व लक्षित गर्दै मोवाईल एशोसिएसन अफ नेपाल (म्यान मकवानपुर)ले उपहार योजना कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै उपहार योजना सार्वजनिक गरेको हो ।
उपहार योजना कार्यक्रमका संयोजक एंव म्यान मकवानपुरका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपानेले यस वर्ष मोवाईल खरिद तथा मोवाईल मर्मत गर्दा मोवाईल पसलबाट ग्राहकलाई कुपन प्रदान गरिने बताए । हामीले १२ लाख २३ हजार पाँच बराबरको पुरस्कारहरु प्रदान गर्दैछौं, संयोजक न्यौपानेले भने । असोज १ अर्थात आजैका दिनबाट उपहार योजना कार्यक्रम सुरुवात भएको घोषणा गर्दै ग्राहकहरुले अबदेखी मोवाईल खरिद तथा मर्मत गर्दा एउटा कुपन लिन न्यौपानेले आग्रह गरेका छन् ।
उपहारहरु ५ सय ३४ जनालाई प्रदान गरिने उनले बताए । हामीले बम्पर पुरस्कार १ जनालाई स्कुटर प्रदान गर्नेछौं भने एक जनालाई थाईल्याण्ड टुरप्याकेजमा सहभागिता जनाउने संयोजक न्यौपानेले बताए ।
पुरस्कारहरु इनफिनिक्स जिरो फोन एक जनालाई, नेकव्याण्ड २ सय ५ जनालाई, स्मार्ट वाच ५० जनालाई, हेडफोन ४० जनालाई, छाता ३० जनालाई, एमआई इयरफोन ५० जनालाई, इयरवड्स १ सय ५ जनालाई, किप्याड फोन २० जनालाई, स्टाइलाइजर ५ जनालाई, वानप्लस व्याण्ड १५ जनालाई र स्मार्ट फोन ११ जनालाई प्रदान गरिने संयोजक न्यौपानेले बताए ।