मकवानपुरमकवानपुरगढी गाउँपालिकामकवानपुरगढीको डुम्रेकुनामा माघ २ देखि श्रीमद्भागवत महायज्ञ हुने
spot_img

मकवानपुरगढीको डुम्रेकुनामा माघ २ देखि श्रीमद्भागवत महायज्ञ हुने

हेटौँडा | मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ स्थित डुम्रेकुनामा माघ २ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सुरु हुने भएको छ। यो महायज्ञ जालपा/जलेश्वर मन्दिर परिसरमा माघ १० गतेसम्म सञ्चालन हुनेछ। मन्दिरको भौतिक संरचना निर्माणका लागि आयोजित यो महायज्ञमा धार्मिक कथा वाचन, भजन, झाँकी प्रदर्शनी लगायतका विविध कार्यक्रमहरू हुनेछ।

मातातीर्थ/धनेश्वर महादेव मन्दिर तथा जालपा/जलेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना र वडा नम्बर ६ कार्यालयको सहकार्यमा हुने यो महायज्ञमा हरेक दिन पण्डित रामचन्द्र तिमल्सिना र १०८ महायज्ञका अभियानकर्ता हरिचन्द्र तिमल्सिनाबाट कथा वाचन हुनेछ। महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष रामकृष्ण न्यौपानेका अनुसार माघ २ गते बिहान ८ बजे भागरथी टोलस्थित शास्वत धामबाट कलशयात्रा सुरु हुनेछ।

महायज्ञमा प्रत्येक बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाठपारायण हुनेछ भने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कथा वाचन, भजन र झाँकी प्रस्तुत गरिनेछ। त्यस्तै, साँझ ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा वाचनसहित सांगीतिक प्रस्तुति हुनेछ। माघ ९ गते लाख बत्ति बाल्ने कार्यक्रम आयोजना गरिनेछ।

महायज्ञमा सामूहिक ब्रतबन्ध, चौरासी पूजा, तुलादान र जिन्सीदान जस्ता धार्मिक अनुष्ठानको व्यवस्था गरिएको छ।

डुम्रेकुना मकवानपुरगढी गाउँपालिकाको केन्द्रमा पर्दछ। हेटौंडाबाट करिब ९–१० किलोमिटर टाढा रहेको यस स्थानमा कान्तिलोकपथ हुँदै शिखरकटेरीको मुखबाट दक्षिणतर्फ वा सामरी पुल हुँदै सहिद बासुदेव मार्ग भएर पुग्न सकिन्छ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष न्यौपानेका अनुसार महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img