Wednesday, February 12, 2025
मकवानपुररक्सिराङ गाउँपालिकाराक्सिराङ्गमा तिन दिन सार्वजनिक बिदा

राक्सिराङ्गमा तिन दिन सार्वजनिक बिदा

हेटौडा | मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तिन दिन सार्वजनिक बिदा दिएको छ ।

rasksing gaupalika

तामाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ्ग गाउँपालिकामा साँस्कृतिक पर्व मन्जुश्री सम्वत २८६० डुक/मु पुख्री (गरुड बर्ष) सोनाम ल्होछारको अवसरमा गाउँपालिकाले शुभकामना जारी गर्दै यहि माघ २६, २७ र २८ गते तिन दिन सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा यहि माघ २७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना जारी गर्दै गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ।

उहाले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने उल्लेख गरेका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस