Friday, December 6, 2024
मकवानपुररक्सिराङ गाउँपालिकाराक्सिराङ गाउँपालिकाको १५ औं गाउँसभा

राक्सिराङ गाउँपालिकाको १५ औं गाउँसभा

हेटौडा | मकवानपुरको राक्सिराङ गाउँपालिकाको १५ औ हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

rasksing gaupalika

गाउँपालिकाको केन्द्र चैनपुरमा भव्य कार्यक्रमका बीच आयोजित अधिवेशनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलसहित सो क्षेत्रबाट निर्वाचित सांसदहरुले सहभागिता जनाए ।

सो क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश बर्तौला र प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता इन्द्र बहादुर बानियाँ एकै मञ्चमा उभिए । उनीहरुसहित संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेशका पुर्वमन्त्री सन्त बहादुर चेपाङ, पुर्वसांसद ओम बहादुर ग्लान सहित विभिन्न पार्टीका ठुला नेताहरु कार्यक्रममा सहभागी बने ।

यसरी मुख्यमन्त्री, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यसहित ठुला नेताहरुको उपस्थितिमा राक्सिरागंमा पहिलोपटक कार्यक्रम आयोजना भएको चर्चासमेत भयो । अधिवेशनको उदघाटन सत्रमा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङको अवस्था र यहाँको समस्या देखाउन प्रतिनिधि सभा र प्रदेश सभाका नेताहरुलाई एकैपटक निम्त्याइएको बताउनुभयो ।

गाउँपालिकाको बजेटले समेट्न नसकेका कयौं योजनाहरु केन्द्र तथा प्रदेश सरकारमा माग गर्दा बेवास्ता गरिएकाले प्रत्यक्ष देखाउन र सुनाउन नेताहरुलाई राक्सिराङमा डाकिएको उहाँको तर्क छ ।

दश बीस लाख, बीस पचास लाखको योजना हामी गर्छौ: मुख्यमन्त्री जमकटेल, प्रतिनिधिसभा सदस्य बर्तौला र प्रदेश सभा सदस्य बाँनियालाई अगाडी राखेर उहाँले भन्नुयो, करोड करोडका दिर्घकालीन योजनाका लागि प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन गरिदिनोस । उहाँले जमकटेल, बर्तौला र बाँनियालाई छुट्टाछुट्टै योजनासहितको मागपत्र समेत बुझाउनुभयो ।

नेताहरुले पालिकाले माग गरेका योजनामा बजेट विनियोजनका लागि पहल गरिने बताए । सडक, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा क्रमागत रुपमा बजेट विनियोजन गरि काम गर्न आफुहरु सकारात्मक रहेको उहाँहरुको भनाई छ ।

उदघाटन सत्रमा गाउँपालिकाका उत्कृष्ट बिद्यालय, शिक्षक, बिद्यार्थी, खेलाडी, कलाकार, उपभोक्ता समिति, किसान लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि, पत्रकार लगायतलाई पनि सम्मान गरिएको थियो ।

अधिवेशनको बन्द सत्रमा विभिन्न ६ वटा कार्यसुचिमा छलफल गरिएको थियो । ती सकै सर्वसम्मत पारित गरिएको गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षमा सम्पन्न अधिवेशन प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौलाले सञ्चालन गर्नुभएको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img