काठमाडौं : चिसो बढेसँगै उपल्लो मुस्ताङी जाडो छल्न बेंसी झरेका छन् । सामान्यतया हिउँदका चिसा दिनमा हिमाली बस्तीबाट मान्छे मात्र होइन चरन खर्कमा लागिरहेका भेडा र चौँरीगोठलाई तल्लो बस्ती वरपर न्यानो क्षेत्रमा ओर्लन्छन् ।
मुस्ताङको उपल्लो भेग लोमान्थाङका गोठामा भने झन् झन् माथि र टाढाको चरन क्षेत्रतिर लाग्दैछन् । हिउँदका चार महिना उपल्लो भेगमा भेगका चौँरीगोठ हिमालपारिको केक्याम उपत्यकाको चरन क्षेत्रमा लग्ने गर्छन् ।केक्याम लोमान्थाङबाट चुम्जुङ गाउँ हुँदै दक्षिण जाने बाटोमा छ । पारिलो रहेको केक्याम चरन उपत्यका पुग्न लोमान्थाङबाट तीन दिन लाग्छ ।हिउँदको चिसो र हिउँदले ढाकिने मौसममा चौँरी धपाउँदै छोसेर, चुम्जुङ , छोन्हुप, लोमान्थाङ क्षेत्रका चौँरीगोठ भने झन् माथिको केक्याम चरन उपत्यका पुगेका छन् ।
चार महिनालाई पुग्ने खर्च (रासन) बोकेर चौँरीगाई धपाउँदै केक्याम पुग्ने १२ गोठामध्येका एक हुन् , लोमान्थाङ गाउँपालिका-४ चुम्जुङका शरदसिं ध्याप्चो गुरूङ । बर्खाभरि चौँरी, भेडा घोडा , खच्चड चर्ने हिमालवारिका चरन क्षेत्र हिँउदमा बाक्लो हिँउदले हाक्ने गर्दछ । यो समाचार कान्तिपुरमा पनि छापिएको छ ।