कर्णाली: कर्णाली प्रदेश सरकारले रामनवमीको अवसरमा यही चैत १६ गते बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ चैत १९ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
बिहिबार चैत्र शुक्ल नवमी (राम नवमी) को अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिएको छ ।




