देशकोशी प्रदेशजिल्ला प्रशासनले कार्यलय सुनसरीका सेवा बन्द

जिल्ला प्रशासनले कार्यलय सुनसरीका सेवा बन्द

सुनसरी / जिल्ला प्रशासन सुनसरी कार्यलयका सेवा बन्द गरेको छ । कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि माघ १६ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

नागरिकता तथा प्रतिलिपि शाखामा कम्युटरको सर्भर बिग्रिएको कारणले केही दिनदेखि सेवा अवरुद्ध हुने भएको छ । सर्भरको मर्मत सम्भारको कार्य भईरहेकाले चाडै समस्या समाधान भएर सेवा सुचारु हुने विश्वास व्यक्त गरिएको छ ।

भोलि (बुधबार ) बाट लागू हुनेगरी १६ गतेसम्म सेवा बन्द गरिएको बताइएको छ । जिल्ला प्रशासन कार्यलयले (आज ) मंगलबार एक सूचना प्रकाशित गर्दै राहदानी शाखा माघ १६ गतेसम्मका लागि सेवा बन्द गरिएको छ ।

राहदानी तथा प्रशासन शाखाका कर्मचारीहरूको कोभिड एन्टिजेन परिक्षण गर्दा पोजेटिभ देखिएको र ३० प्रतिशत भन्दा बढी कर्मचारी बिरामी भएको कारण सेवा बन्द गर्नुपरेको प्रजिअ यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img