सुनसरी / कोरोना भाइरस संक्रमण भएकि धरान-९ कि संक्रमित महिलाको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा धरान-९ कि संक्रमित महिलाको मृत्यु भएको छ । गत माघ १४ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनी गत १४ गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको (आज) शनिबार १:०० बजे मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनीलाई मधुमेहको समस्या रहेको थियोे । उनीले यसअघि कोरोनाविरूद्वको खोप पनि लगाएको पाइएको उनलेे जानकारी दिए ।



