इटहरी / कोरोना भाइरसविरूद्वको खोप अभियानलाई लक्षित गर्दै आज महेन्द्र माध्यमिक विद्यालयमा पनि १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरूलाई खोप लगाईएको छ ।
महेन्द्र माध्यमिक विद्यालय इटहरी-२ का १२ देखि १७ वर्षका उमेरका विद्यार्थीहरू लाई मोर्डना खोप लगाईएको छ । इटहरी वडाका २० वटा वडामा विभिन्न विद्यालय र स्वास्थ्य कार्यलयमा खोप लगाउने भएको छ ।
महेन्द्र माध्यमिकमा ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई पनि महेन्द्र माध्यमिकमा मोर्डना खोप लगाइएको छ । राष्ट्रिय माध्यमिक विद्यालय इटहरी-१ , मनमोहन आधारभुत विद्यालय इटहरी-१० र सरस्वती माध्यमिक विद्यालय इटहरी-३ मा आज विद्यालयका विद्यार्थीहरूलाई खोप लगाइएको छ । जनसहयोग उच्च माध्यमिक विद्यालय इटहरी-२० मा माघ १८ गते लगाइने भएको छ ।




